गरिमा विकास बैंकको १० प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांश प्रस्ताव

मंगलवार, भाद्र २६, २०७५ साल,

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो शेयरधनीहरुलाई गत बर्षको कमाईबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको कुल १३.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जस अनुसार बैंकले १० प्रतिशत बोनस शेयर र कर सहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष बैंकले १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएपश्चात बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411