नेप्सेमा छायो हरियाली : ५४ करोड बढीको कारोबार

सोमबार, भाद्र १८, २०७५ साल,
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । सोमबार नेप्से परिसूचकमा १५.९८ अंकले वृद्धि भएको हो ।

१ हजार १ सय ९० दशमलव ५५ अंकबाट शुरु भएको कारोबार दिउँसो २४ अंकले बढेर १ हजार २ सय १३ अंक भन्दा माथि पुगेको थियो ।

त्यसपछि केहीबेर ओरालो लागेको सेयर बजार कारोबार सकिने बेलामा १ हजार २ सय ६ दशमलव २६ अंकमा पुगेको छ । यस अघि आइतबार नेप्से परिसूचक ८ दशमलव ८९ अंकले बढेको थियो ।

नेप्से परिसूचकसँगै सोमबार कारोबारमा समेत उल्लेख्य सुधार आएको छ । दिनभरमा भएका ५ हजार ९ सय ७१ कारोबारबाट १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार २४ करोड रुपैयाँभन्दा बढी रकमको सेयर कारोबार भएको हो । आइतबार ३० करोड २५ लाख ९७ हजार २०१ रुपैयाँको कारोबार भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411