एनआईसी एसिया बैंक र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स बिच सम्झौता

बुद्धबार, श्रावन १६, २०७५ साल,
काठमाडौं । एनआईसी एसिया बैंक र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब बैंक ग्राहकले बैंकको २३३ वटै शाखाबाट रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्नु सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गर्नुभयो ।

बैंकको २३३ शाखा कार्यालय, २२२ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १७५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५१ अर्ब तथा कुल कर्जा करिब १२१ अर्ब पुगेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411