पञ्चकन्याको आईपिओ बाँडफाँड, एक लाख एक सय पाए सेयर

शुक्रबार, श्रावन ११, २०७५ साल,
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको आईपिओ शुक्रबार बिहान बाँडफाँड भएको छ ।

कम्पनीको सेयरमा रितिपूर्वक आवेदन दिने एक लाख ४६ हजार ३८९ जनामध्ये एक लाख एक सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले बिहान १० बजे आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कूल आवेदकमध्ये ६८ प्रतिशत अर्थात एक लाख एक सय जना आवेदकले सेयर पाएका छन् भने ३२ प्रतिशत अर्थात ४६ हजार २८९ जनाको मात्र हात खाली भएको छ ।

कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

आईपिओमा एक लाख ४६ हजार ३८९ जना आवेदनबाट एक करोड ८४ लाख ७३० कित्ता सेयर प्रमाणिकरण भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।

पञ्चकन्याले साउन १ देखि ४ गतेसम्म सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

हाइड्रोले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावितका लागि ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411