महालक्ष्मी विकास बैंकले नाफा ५६ करोड कमायो

बिहीवार, श्रावन १०, २०७५ साल,

काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ११ करोड ६८ लाखले बढेको छ । यो नाफा २६.३१ प्रतिशतले बढेको हो । यो बैकले अघिल्लो वर्ष ४४ करोड ४२ लाख रुपैयाँ खुँद मुनाफा गरेको थिया ।

यस्तो नाफा गत आवमा ५६ करोड ११ लाख रुपैयाँ पुगेको छ । यो बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

यो बैंकले गत आवसम्ममा २७ अर्ब २७ करोड ४७ लाख रुपैयाँको निक्षेप संकलन गरेर २१ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यसको लगानी १७ करोड ६७ लाख रुपैयाँ रहेको पनि उल्लेख छ ।  गत आवमा यो बैंकले निष्कृय कर्जा अनुपात ३.८८ प्रतिशत रहेको छ । यसको सीडी रेसियो ६९.११ प्रतिशत छ ।

यसको आधार दर १२.४३ प्रतिशत रहेको छ भने बार्षिक तरलता औषतमा ४.२८ प्रतिशत रहेको थियो । यको प्रति शेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १५४.३० रुपैयाँ रहको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411