मेगा बैंकको ‘मेगा मेहन्दी उत्सव’, मेहेन्दी लगाउनेको भीड

बुद्धबार, श्रावन ९, २०७५ साल,
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मेगा मेहन्दी उत्सव मनाएको छ । महिला ग्राहकहरुका लागि मेगा बैंकले पहिलोपटक मेहन्दी उत्सव आयोजना गरेको हो ।

श्रावण महिनाभर चल्ने यो उत्सवमा ग्राहकहरुले मेगा बैंकका बिभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन् ।

बुधबार मेगा बैंकको राइजिङ मलस्थित मुख्य शाखामा मेहेन्दी लगाउन ग्राहकहरुको भीड थियो । यो उत्सव मेगा बैंकका राजधानी र राजधानी बाहिरका हरेक शाखामा पालैपालो हुनेछ ।

इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरेर आकर्षक मेहेन्दी लगाउन सक्ने मेगा बैंकले जनाएको छ ।

मेगा बैंकले नेपाली नारीहरुलाई लक्षित गरी यस्ता सांस्कृतिक र सामाजिक अभियान संचालन गर्नुका साथै नारी सिर्जनशील बचत खाता र मेगा जीवनसाथी बचत खाता जस्ता आकर्षक बचत योजना पनि संचालन गर्दै आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411