सिटिजन बैंकको एफपिओ २०० रुपैयाँमा साउन १५ देखि आवदेन दिन पाइने

मंगलवार, श्रावन ८, २०७५ साल,
 
काठमाडौं। सिटिजन बैंक इन्टरनेशनलले साउन १५ गतेदेखि एक सय रुपैयाँ थप गरि प्रति कित्ता २०० रुपैयाँको दरमा एफपिओ निस्कासन गर्ने भएको छ। ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गर्ने भएको हो। छिटोमा साउन १८ गते र यसै अवधिमा बिक्री नभएमा ढिलोमा भदौ १४ गतेसम्म आवदेन खुला गर्ने भएको छ।
 
एफपिओमा न्युनतम ५० र अधिकतम २३०० कित्तासम्मको आवेदन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमर्इ क्यापिटलले जनाएको छ। बैंकले एफपिओ निष्काशनको लागि इक्रा रेटिङ इक्रा एनपि आइपिओ ग्रेड ३ पाएको छ। यो ग्रेडलार्इ औषत मान्ने गरिन्छ।
 
एफपिओ आवेदनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्। बैंकले एफपिओ निष्काशन गरेसँगै संस्थापकतर्फ ५१ प्रतिशत अर्थात ४ अर्ब १२ करोड रुपैयाँ र सर्वसाधारणतर्फ ४९ प्रतिशत अर्थात तीन अर्ब ९५ करोड रुपैयाँ पुग्ने छ। सोमबार बैंकको दोस्रो बजारमा २२८ रुपैयाँमा कारोबार भएको छ। गत आर्थिक वर्षमा बैंकले एक अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ। प्रति शेयर आम्दानी १७ रुपैयाँ रहेको छ।
 
बैंकले एफपिओ निष्काशन गर्नुको प्रमुख कारण संस्थापक र सर्वसाधारणको शेयर अनुपात ५१:४९ पुर्याउनका लागि बताइएको छ। बैंकले एफपिओ गणना विधि अनुसार २२३ रुपैयाँ हुन गए पनि बजार मूल्य धेरै नै कम भएपछि २०० रुपैयाँमै निष्काशन गर्नु परेको बताएइको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411