सिटिजन्स बैंकको खुद नाफा ३० प्रतिशतले वृद्धि

आईतवार, श्रावन ६, २०७५ साल,
काठमाडौं । गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गर्नमा वाणिज्य बैंकहरु मध्येमा पहिलो बनेको सिटिजन्स बैंकले खुदनाफा ३० प्रतिशत वृद्धि गरेको छ ।

राष्ट्र बैंकले तोकको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याइसकेको बैंकले एक अर्ब ४० करोड खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ८ करोड १६ लाख रुपैयाँ थियो ।

सिटिजन्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएपछि खुद नाफा पनि बढेको हो । अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी १८.७६% वृद्धि भएर २ अर्ब ८ करोड ६७ लाख २६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १ अर्ब ६९ करोड ७५ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको तुलनामा सञ्चालन नाफा ६.८१% धेरै हो ।

बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा निक्षेप तथा कर्जा विस्तार प्रक्षेपण गरेअनुसार रहेको जानकारी दिएको छ । ब्याज खर्चमा केही वृद्धि भए पनि नाफा सन्तोषजनक रहेको बैंकले जानकारी दिएको छ ।यसले खराब कर्जा अनुपात २.०२% बाट घटाएर १.२५% मा सीमित राखेको छ ।

बैंकको कस्ट अफ फन्ड भने बढेर ८.४५% पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड ८% थियो । सिटिजन्सले चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भमा भने २ अर्ब ७६ करोड ८० लाख ९३ हजार रुपैयाँ मात्र जम्मा भएको छ ।

सिटिजन्सले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । प्रतिकित्ता २०० रुपैयाँ दरमा एफपीओ बिक्री गर्न लागेको हो । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ ५३ पैसा कायम भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १३।४६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४६ पैसा छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411