शिवम् सिमेन्टको आईपीओ निस्काशन साउन १३ देखि

बिहीवार, श्रावन ३, २०७५ साल,
काठमडौं । शिवम् सिमेन्टले आगामी १३ गतेदेखि आईपीओ निस्काशन गर्ने भएको छ । बिहीबार आह्वान पत्र सार्वजनिक गर्दै शिवम्ले आगामी १३ गतेदेखि भदौ ११ गतेसम्म आइपीओ निस्काशन गर्ने जानकारी दिएको हो ।

कम्पनीले पहिलो चरणमा मकवानपुरका बासिन्दाहरूका लागि आईपीओ निस्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि ८ लाख ८० हजार कित्ता साधारण सेयर निस्काशन गर्न लागेको हो । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रहेको छ।

आईपीओका लागि न्युनतम १० देखि अधिकतम १० हजार कित्ता आवेदन दिन पाइने कम्पनीले बताएको छ ।

कम्पनीको आईपीओका लागि एक सय रुपैयाँको साधारण सेयरमा २ सय रुपैयाँ प्रिमियम थप गरेर ३ सयका रुपैयाँका दरले आईपीओ निष्कासन गर्न लागेको हो ।

उद्योगको क्षमता प्रतिदिन ३ हजार टन रहेको प्रमुख वित्तीय अधिकृत ज्योति थापाले जानकारी दिए। उद्योगले ४३ र ५३ ग्रेडमा ओपिसी उत्पादन गर्दै आएको छ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411