सिटिजन्स बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ २०० मा बिक्री गर्ने

मंगलवार, श्रावन १, २०७५ साल,
काठमाडौं ।  धितोपत्र बोर्डले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलार्इ ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गर्ने अनुमति दिएको हो ।

बैंकले अंकित मूल्य एक सय रुपैयाँमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ बिक्री गर्ने अनुमति पाएको हो ।

मंगलबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २३३ रुपैयाँमा कारोबार भएको छ ।

एफपिओ पछि बैंकको चुक्तापूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडाकोषमा जम्मा हुने छ । एफपिओ पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ।

एफपिओ निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बैंकले निष्कासन गर्ने एफपिओको प्रत्याभूति सिभिल क्यापिटल लिमिटेडले गरेको छ ।

संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासन गर्न लागेको हो ।

यसअघि एफपिओ निष्कासन गरेको एनएमबि बैंकले र नेपाल बैंकले निष्काशन गरेको एफपिओ पुरै बिक्री अप्ठ्यारो परिरहेको बेला धितोपत्र बोर्डले फेरि अर्को वाणिज्य बैंकलाई एफपिओ बिक्रीको अनुमति दिएको छ ।
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411