आजदेखि पञ्चकन्या माई हाइड्रोको ११ लाख कित्ता आईपिओ खुल्यो

मंगलवार, श्रावन १, २०७५ साल,
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले साउन १ गते मंगलबारदेखि सर्वसाधारणका लागि एक सय रुपैयाँ दरको ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । पहिलो चरणमा स्थानीयलाई सेयर निष्काशन गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपिओ जारी गरेको हो ।

एक अर्ब १० करोड रुपैयाँ जारी पुँजी रहेको पञ्चकन्याले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । कूल निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ ।

बाँकी रहेको १० लाख एक हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।

लगानीकर्ताले आईपिओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् ।

कम्पनीले क्रेडिट रेटिङ ४ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर अवस्थामा रहेको बुझिन्छ । कम्पनीले साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि सनराईज क्यापिटललाई नियुक्त गरेको छ ।

यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि हाइड्रोले ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । अहिले थप ११ लाख कित्ता शेयर सर्वसाधारको लागि निष्कासन गरेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411