शेयरबजार मौद्रिक नीति आएपछि १३.६६ अङ्कले घट्यो

बिहीवार, आषाढ २८, २०७५ साल,
काठमाडौं । बिहीवार नेप्से परिसूचक १ दशमलव १३ प्रतिशतले घटेको छ । बुधवार सार्वजनिक भएको मौद्रिक नीतिले बैङ्कहरुले प्राथमिक पूँजीको ४० प्रतिशतसम्म मार्जिन कर्जा दिन पाउने व्यवस्थालाई अझ घटाएर २५ प्रतिशतमा झारेपछि शेयर बजार प्रभावित भएको हो । दिनभरिमा परिसूचक १३ दशमलव ६६ अङ्क घटेर १ हजार १ सय ९१ दशमलव ९८ विन्दुमा पुगेको छ ।

कारोबार रकम रू २ करोड ५१ लाख घटेर रू ४५ करोड ४४ लाख पुगेको छ भने बजार पूँजीकरण १ दशमलव १२ प्रतिशतले घटेर रू १४ खर्ब ११ अर्बमा सिमित रहेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स १ दशमलव १५ प्रतिशतले घटेर २ सय ५१ दशमलव शून्य ५ अङ्क पुगेको छ । यस दिन उत्पादन तथा प्रशोधन समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।

उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव १३ प्रतिशत बढेको छ । हिमालयन डिस्टिलरीको शेयर मूल्य रू। १२ ले बढेपछि यस समूहको परिसूचक बढेको हो । त्यस्तै, लघुवित्त समूहको परिसूचक २ दशमलव २२ प्रतिशत र होटलको २ दशमलव शून्य ८ प्रतिशत, बीमाको १ दशमलव ७६ प्रतिशत, जलविद्युतको १ दशमलव ४९ प्रतिशत घटेको छ । साथै, विकास बैङ्क समूहको परिसूचक १ दशमलव ३३ प्रतिशत, बैङ्किङको १ दशमलव शून्य १ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ६४ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ४३ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव शून्य ७ प्रतिशतले घटेको हो ।

यस दिन लक्ष्मी बैङ्कको रू ६ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको ३३ पटकको व्यापारमा २ लाख ५३ हजार ५ सय ४१ कित्ता शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य स्थिर रहेर अन्तिम मूल्य रू २ सय ५७ मा कायम रहेको छ । कञ्चन डेभलपमेण्ट बैङ्कको शेयरको मूल्य ८ दशमलव ५१ प्रतिशतले बढेर अन्तिम मूल्य रू २ सय ४ पुगेको छ । त्यस्तै, नागबेली लघुवित्त विकास बैङ्कको शेयर मूल्य ६ दशमलव ७० प्रतिशत घटेर अन्तिम मूल्य रू १ हजार २ सय ८५ मा सिमित रहेको छ ।

यस दिन १९ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, १ सय २७ कम्पनीको शेयर मूल्य घटेको छ भने १७ कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ६३ कम्पनीको ४ हजार ९ सय ४१ पटकको व्यापारमा १६ लाख २० हजार ८ सय ८० कित्ता शेयर किनबेच भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411