भरतपुर महानगरपालिकामा दूधमा अनुदान

बुद्धबार, आषाढ २७, २०७५ साल,

चितवन । भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ ।

महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो । महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्ठका अनुसार यस वर्षको गत साउन महिनाबाट पुस १५ गतेसम्म दूध बिक्री गरेका कृषकलाई अनुदान दिइएको हो ।

उहाँका अनुसार बजेट कम भएका कारण वर्षभरि दिन नसकिएको हो । कार्यालयले आह्वान गर्दा ५२ वटा सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीले निवेदन दर्ता गराएपछि उनीहरूले संकलन गरेको दूधको आधारमा उनीहरूकै खातामा रकम जम्मा गरिएको हो ।

कार्यालयले रु १६ लाख ७० हजार संस्थाको खातामा पठाएको छ । आउँदो वर्ष एक करोड ५० लाख लिटर दूध संकलन हुने अनुमान गरिएको छ । सो वापत अनुदान दिन ३५ लाख रुपैयाँ कार्यक्रममा राखिएको उनले बताए । रासस
  • Advertisement Space

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489