नाडेप लघुवित्तको आइपिओ बाँडफाँड, ४३ हजार दुई सयले पाए १० कित्ता

बुद्धबार, आषाढ २०, २०७५ साल,
काठमाडौं । नाडेप लघुवित्तको साधारण सेयर बुधबार बाँडफाँड भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेण्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार कुल आवेदकमध्ये १९.७१ प्रतिशतले शेयर प्राप्त गरेका छन् भने ८०.२९ प्रतिशत आवेदकको हात खाली भएको छ ।

 सर्वसाधारणका  लागि छुट्याइएको लघुवित्तको  कुल ४ लाख ३२ हजार कित्ता आइपिओका लागि २ लाख १९ हजार ९१ जनाले आवेदन गरेका थिए । जसमध्ये ४७४ वटा आवेदन रद्ध भएको थियो ।

सदर भएको २ लाख १८ हजार ६१७ आवेदकमध्ये गोलाप्रथाबाट ४३ हजार २०० आवेदकले १० कित्ता दरले शेयर हात पारेका छन् । यसअनुसार एक लाख ७५ हजार ४१७ जना आवेदकको हात रित्तो भएको छ ।

सर्वसाधारणका लागि निष्काशन भएको ४ करोड ३२ लाख बराबरको चार लाख ३२ हजार कित्ता आईपिओमा ९९ करोड एक लाख १३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन निष्काशन भएको शेयर भन्दा २२।९२ गुणा बढी हो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411