कुमारी बैंकले ११ लाख ४१ हजार कित्ता सेयर लिलामीमा

शुक्रबार, आषाढ १५, २०७५ साल,
काठमाडौं । कुमारी बैंकले ११ लाख ४१ हजार ३७४ कित्ता हकप्रद सेयर सर्वसाधारणहरूलार्इ लिलामीमा विक्री गर्ने भएको छ ।

बैंकको हकप्रदमा ५ लाख १ हजार ९२१ कित्ता संस्थापक र ६ लाख ३९ हजार ४५२ कित्ता साधारण सेयर विक्री भएको थिएन ।

इच्छुक लगानीकर्ताहरुले लिलामी सेयरको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट, लालदरबार, र लगननखेल तथा कुमारी बैंक दरबारमार्ग, नेपालगञ्ज, सुर्खेत, धनगढी, बीरगञ्ज, विराटनगर बुटवल र पोखरा शाखाबाट असार २२ देखि २९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्युनतम १ हजार कित्ताका लागि र साधारण सेयरका लागि १०० कित्ता वा सो भन्दा बढी १० कित्ताको गुणाङ्कमा लिलामीमा आएको अधिकतम कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको सेयर बिहीबार प्रतिकित्ता २०९ रूपैयाँमा कारोबार भएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411