नेपाल बैंकको १ करोड ७६ लाख कित्ता एफपिओ आजदेखि बिक्री खुल्ला

शुक्रबार, आषाढ १५, २०७५ साल,

काठमाडौं । नेपाल बैंक लिमिटेडले आजदेखि थप सार्वजनिक निष्कासन (एफपिओ) बिक्री खुल्ला गर्दै छ ।

बैंकले प्रति सेयर १०० अंकित दरमा प्रिमियम बापत १८० रुपैयाँ थपेर प्रति सेयर २८० को दरले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

१९ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरेको बैंकले जनाएको छ । साथै, १९ गते भित्रै आवेदन प्राप्त नभएमा बढीमा ३० दिनसम्म आवेदन खुल्ला गर्न सकिने व्यवस्था रहेको छ ।

सेयर निष्काशन खुल्ला गरेको पहिलो दिन देखि नै संगठित संस्थाले समेत आवेदन दिन पाउने व्यवस्था रहेको छ । स्वीकृत विवरण मार्फत निष्काशन गरिने साधारण सेयरको लागि न्यूनतम ५० कित्ता तथा १० ले भाग जाने गरी विद्यमान कानुनी व्यवस्थाको सिमा भित्र रहेर अधिकतम कित्ताको लागि आवेदन दिन पाइनेछ ।

दरखास्त फारम सम्पूर्ण सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु मार्फत प्राप्त गर्न र बुझाउन सकिन्छ । आवेदन प्राप्त गर्ने संस्थाले सोही दिन सि–आश्वा प्रणालीमा प्रविष्ट हुनुपर्ने छ ।

यस सम्बन्धि बिस्तृत जानकारी सिद्दार्थ क्यापिटल लिमिटेड र नेपाल बैंक लिमिटेडको वेवसाइमा राखिएको छ ।

स्वीकृत विवरण मार्फत निष्काशन गरिने साधारण शेयरको थप सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त केयर रेटिङ्स नेपाल प्रालि काठमाडौंबाट क्रेडिट रेडिङ् गराई केयर एनपि आईपिओ ग्रेड ३ं प्रमाणपत्र प्राप्त रहेको कुरा सिद्दार्थ क्यापिटल लिमीटेडले जानाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411