नेपाल पुनर्बीमा कम्पनीको नाफा ३९ प्रतिशत बढ्यो, दलाल कमिसन ६० करोड बाहिरियो

बिहीवार, आषाढ १४, २०७५ साल,

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको भन्दा ३९ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले ९ महिनामा निर्जीवन बीमा व्यावसायबाट ६८ करोड ४५ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ४ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ।
 
कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अधविसम्ममा खुद बीमा शुल्क आर्जन निर्जीवन बीमा व्यवसाय मार्फत एक अर्ब ५६ करोड रुपैयाँ र जीवन बीमा व्यवसायबाट १७ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ।
 
गत वर्ष यस्तो आय जम्मा एक अर्ब २५ करोड रुपैयाँ थियो। बैंक तथा वित्तीय संस्थाको व्याजदरको प्रभाव नाफामा देखिएको छ। कम्पनीले कर्जा लगानीबाट मात्रै ११ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ।
 
यसै अवधिमा कम्पनीले ६० करोड २३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। त्यस्तै पुनर्बीमा कम्पनीले पुनर्बीमा कमिसनका लागि ५९ करोड १४ लाख रुपैयाँ विदेशी दलाल कम्पनीलाई भुक्तानी गरेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ। जगेडा कोषमा एक अर्ब ९० करोड रुपैयाँ रहेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411