अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

शुक्रबार, आषाढ ८, २०७५ साल,

काठमाडौं। अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने भएका छन्। उनी मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।
 
शशिन जोशीले नबिल बैंक छाडेपछि शाह बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व गर्दै आएका थिए।
 
शाह मेगा बैंक स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत थिए। मेगामा उनको दोस्रो कार्यकाल सकिएपछि उनी नबिलमा डेपुटी सिइओका रुपमा आएका थिए।
 
बैंकर्स संघको पूर्व अध्यक्षसमेत रहेका शाहले १९९१ बाट बैंकिङ सुरु गरेका हुन्। नबिल बैंकमा इन्टरन गरेर स्ट्यान्डर्ड चार्टर्ड गएका उनले त्यहाँ १३ बर्ष विताए। खुद्र बैंकिङ सुरु गरेको जस शाहलाई जान्छ। त्यहाँबाट महाप्रबन्धकका रुपमा उनी नबिल बैंक भित्रिए। नबिलमा प्रमुख कार्यकारी भएर उनले पाँच बर्ष बिताए। त्यसपछि उनी मेगा बैंक गएका थिए।
 
शाहलाई आगामी चार बर्षका लागि बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411