नेपाल बैंकको एक करोड ७६ लाख ८४ हजार ८८५ कित्ता एफपिओ असार १५ गतेदेखि आवदेन खुला

बिहीवार, आषाढ ७, २०७५ साल,
काठमाडौं। नेपाल बैंक लिमिटेडले असार १९ गतेदेखि एफपिओ निष्कासन गर्ने भएको छ। बैंकले छिटोमा असार १९ गतेसम्म र ढिलोमा साउन १३ गतेसम्म निष्कासन गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

बैंकले प्रति साधारण शेयर एक सय रुपैयाँमा १८० रुपैयाँ प्रिमियम थप गरी २८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार ८८५ कित्ता एफपिओ निष्कासन गर्नेछ।

संस्थाले निष्कासन गरेको एफपिओमा पहिलो दिन देखिनै संगठित संस्थाले आवेदन दिने पाउने बैंकले जनाएको छ। न्युनतम १० कित्ता र अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको सीमा ननाघ्ने गरी आवदेन दिन पाउने बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको नियम अनुसार आवेदकले अधिकतम १५ प्रतिशत ननाघ्ने गरी आवेदन दिन पाउने छन्।

बैंकले एफपिओ निष्कासन गरेसँगै संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशत अर्थात ५ अर्ब रुपैयाँ र सर्वसधारणको ४९ प्रतिशत अर्थात ४ अर्ब ८० करोड रुपैयाँ गरि ९ अर्ब ८१ करोड रुपैया पुग्नेछ।

विगत तीन वर्षको नेटवर्थमा औसत प्रतिफल २७.६ प्रतिशत रहेको छ। बैंकको क्रेडिट रेटिङ केयर-एनपि आइपिओ ग्रेड ३ प्लस रहेको छ। यस रेटिङले संस्थाको अवस्था औसत आधार राम्रो रहेको देखाउँछ।

बैंकले एफपिओ निष्कासन गर्नुपर्ने प्रमुख कारण नेपाल सरकारको स्वामित्व घटाउने रहेको छ। बैंकले एफपिओ मार्फत ४ अर्ब ९५ करोड रुपैयाँ उठाउनेछ। जसमा एक अर्ब ७६ करोड रुपैयाँ पूँजीको रुपमा रहनेछ भने जगेडा कोषमा तीन अर्ब १८ करोड रुपैयाँ जम्मा हुनेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411