आइएमई लाइफको सेयर विक्रीप्रवन्धकमा सिभिल क्यापिटल, ६० लाख कित्ता शेयर निष्काशन गर्ने

मंगलवार, आषाढ ५, २०७५ साल,
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सेयरको बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।

निष्काशन तथा विक्रीप्रवन्ध गर्ने सम्वन्धमा इन्स्योरेन्सका तर्पmबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटलका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरे।

सिभिल क्यापिटलले आइएमई लाइफको १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। हाल आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ। उक्त शेयर निष्काशनपश्चात २ अर्व कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको स्वामित्व ३० प्रतिशत रहने छ। कम्पनीले २०७४ भदौ १ गते देखि कारोवार थालेको हो।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411