एनएमबीको एफपिओमा साढे ९५ करोडको आवेदन, भोलिदेखि संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने

आईतवार, आषाढ ३, २०७५ साल,
काठमाडौं। एनएमबी बैंकले निष्कासन गरेको एफपिओ पहिलो चरणमा बिक्री नहुने भएको छ।

पहिलो चरणमा बिक्री नभएपछि भोलिदेखि संस्थागत लगानीकर्ताले आवदेन दिन पाउने धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ ।

बैंकले निष्कासन गरेको एफपिओमा आज १० बजेसम्ममा ३४ हजार ३०० आवदेकबाट ९५ करोड ४५ लाख रुपैयाँको आवेदन परेको छ।

बैंकले छिटोमा आजसम्म निष्कासन गर्ने भनेको भए पनि अझै दुर्इ अर्ब ८४ करोड रुपैयाँको आवेदन आवश्यक पर्छ।

पहिलो चरणमा बिक्री नभएमा दोस्रो चरणको लागि बिक्री खुला भएसँगै संस्थागत लगानीकर्ता म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनी, बीमा कम्पनीले पनि आवेदन दिन पाउनेछन्।

अधिकांश आवेदन न्यूनतम १० कित्ताकालागि आवेदन परेपछि ३४ हजार ३०० जनाले आवेदन दिएपनि पूरै बिक्री नभएको हो।

जम्मा निष्कासन भएको एक करोड १४ लाख कित्तामध्ये अहिलेसम्म २८ लाख ६६ हजार कित्ताकालागि आवेदन परेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411