नाडेप लघुवित्तको आइपिओ असार १० गतेदेखि खुल्ने, २० कित्ता आवेदन गर्न सकिने

शुक्रबार, आषाढ १, २०७५ साल,

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । नाडेपले एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्ने भएको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल आइपिओमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोषलाई पनि २४ हजार कित्ता शेयर सुरक्षित गरिएको छ । र बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

धादिङको गजुरीमा प्रधान कार्यालय रहेको कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गर्नेछ ।

कम्पनीको आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने बिक्री प्रवन्धकले जनाएको छ । कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म तोकिएकोे छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411