नेप्सेमा २५.४५ अंकको गिरावट, ४४ करोेड रुपैयाँको कारोबार

आईतवार, जेष्ठ २७, २०७५ साल,
काठमाडौं । साताको पहिलो दिन नेप्से २५ दशमलव ४५ अंकले घटेर १ हजार २ सय ३१ दशमलव ६२ को विन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ५ दशमलव ३० ले घटेर २ सय ५९ दशमलव १६ अंकमा पुगेर बन्द भएको छ ।

सोमबार १ सय ६२ कम्पनीहरुका ११ लाख ७५ हजार ७ सय ९ कित्ताको शेयर खरिदबिक्री हुदै ४४ करोड ४२ लाख ८६ हजार ४ सय १३ रुपैयाँ कारोबार भएको छ ।

आज सार्वधिक कमाउनेमा उन्नती माइक्रोफाइनान्सको ९ दशमलव ९४ प्रतिशतले कमाउन सफल भएको छ । त्यस्तै सपोट माइक्रोफाइनान्सको ७ दशमलव ९० प्रतिशत र समाता माइक्रोफाइनान्सको ६ दशमलव ०३ प्रतिशतले कमाएका छन् । सर्वाधिक गुमाउनेमा भने मिरमिरे माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन् । जसको आइतबारको कारोबारमा ८ दशमलव ०३ प्रतिशतले गुमाएका छन् । त्यस्तै प्रोगेसिभ फाइनान्सको ७ दशमलव ३१ प्रतिशत, विजय लघुवित्तको ६ दशमलव ७४ प्रतिशत र खानीखोला हाइड्रोपावरको ६ दशमलव ६६ प्रतिशतले घटेको छ ।

आज ९ वटा उपपरिसुचकहरु राताम्मै भएका छन् । जसमा सबैभन्दा बढी घट्ने बीमा समुह २१७ दशमलव ७३ अंकले घटेको छ । त्यस्तै होटल समुह ५४ दशमलव ४६ अंक, माइक्रोफाइनान्स समुह ४३ दशमलव ९६ अंक र जलविद्युत समुह २७ दशमलव २७ अंकले रहेको छ । त्यस्तै उत्पादक तथा प्रशोधन समुह २७ दशमलव ०१ अंक, विकास बैंक समुह २२ दशमलव २४ अंक, बैंकिंग समुह १९ दशमलव २८ अंक, अन्य समुह ९ दशमलव १३ अंक र फाइनान्स समुह ५ दशमलव ४७ अंकले घटेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411