(1).jpg)
काठमाडौं । सेयर बजारमा साताको अन्तिम दिन ४.७४ अंकले बढेर ९४६.८९ अंकमा पुगेको छ । समग्र सुचक बृद्धि भएपनि व्यापार, होटल र अन्य सुचक घटेका छन् । बाँकी सुचकमा भने बृद्धि भएको छ ।
दिनभरीमा १३१ कम्पनीका चार लाख २७ हजार ९८४ कित्ता सेयर किनबेच भएका छन् । क वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सुचक भने एक अंकले मात्र बढेको छ । ६ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको बैंकिङ समूह ५।८३ अंकले बढेको छ ।
सबैभन्दा बढी जलविद्युत् १५.९५ र बिमा ७.३२ अंकले बढेको छ । विकास बैंक पनि ७.१५ अंकले बढेको छ । बिहीबार पनि सबैभन्दा वढी नेपाल लाइफको सेयर किनबेच भएको छ । नेपाल लाइफको तीन करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कम्पनीले ६८ प्रतिशत लाभांस घोषण गरेसँगै कारोबारमा बृद्धि आएको हो ।
प्रभु बैंकको एक करोड २२ लाख र चिलिमेको एक करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एस डेभलपमेन्ट बैंकको ६६ लाखको संस्थापक सेयर खरीद बिक्री भएको छ । सानिमा बैंकको ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बाँकी कम्पनीको ५० लाख रुपैयाँभन्दा कम नै कारोबार भएको छ ।
बढी कमाउनेमा कसमस, गौमूखि, नेको इन्स्योरेन्स, एभरेष्ट बैंक (प्रिफरेन्स), कामना विकास, एस डेभलपमेन्ट साधारण, ओम फाइनान्स, भिवोर विकास, एल्पाइ डेभलपमेन्ट र टुरिजम डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् ।
गुमाउनेमा एस डेभलपमेन्ट संस्थापक, यति डेभलपमेन्ट, हामा, ग्लोबल आइएमइ, एनसिसी, ज्योति विकास, कास्की फाइनान्स, कन्ट्री डेभलपमेन्ट, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकका लगानीकर्ता छन् ।