लुम्बीनी विकास बैंकको सीइओमा नरेशसिंह बोहरा नियुक्त

शुक्रबार, जेष्ठ २५, २०७५ साल,
काठमाडौं । लुम्बिनी विकास बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा मा नरेशसिंह बोहरा नियुक्त भएका छन् । जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी बोहरालार्इ आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो ।

बोहरा देवः विकास बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत हुन् । बोहराले नेशनल नारायणी फाइनान्समा प्रमुख कार्यकारी अधिकृत र सनराइज बैंकको डेपुटी सीइओ भएर काम गरिसकेका छन् ।

त्यतिमात्रै होइन, उनीसँग नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, यूनार्इटेड फाइनान्समा काम गरेको अनुभव पनि छ । बोहराले बैंकिङ गरियर शुरु गरेको २१ वर्ष भयो ।

जेठ ४ गतेदेखि लागू हुनेगरी यस बैंकमा झलकप्रसाद खनालले राजीनामा दिएपछि उक्त पद खाली भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411