माथिल्लो तामाकोशीको २ अर्ब ६४ करोडको आईपिओ बिक्री गर्न अनुमति पायो

बुद्धबार, जेष्ठ २३, २०७५ साल,
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले  बुधबार धितोपत्र बोर्डबाट दुई अर्ब ६४ करोड ७५ लाख रुपैयाँको साधारण सेयर (आईपिओ) विक्री गर्न अनुमति प्राप्त गरेको छ ।

हाइड्रोपावर कम्पनीले स्थानीयबासी र आम सर्वसाधारणका लागि चुक्ता पूँजीको २५ प्रतिशत साधारण सेयर जारी गर्न बोर्डबाट अनुमति प्राप्त गरेको हो । अनुमति प्राप्त गरेसँगै अब कम्पनीले छिट्टै सेयर निष्काशन मिति तोकेर दुई करोड ६४ लाख ७५ हजार कित्ता आर्इपिओ जारि गर्नेछ ।

निष्काशन हुने साधारण सेयरमध्ये चुक्ता पूँजीको १० प्रतिशत अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता दोलखाको स्थानीयबासीका लागि र १५ प्रतिशत बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता आम लगानीकर्तालाई बिक्री गर्न अनुमति पाएको हो ।

आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् ।

पहिलो चरणमा स्थानीय बासीका लागि सेयर जारी गरेपश्चात दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणमा सेयर जारी हुनेछ ।

आयोजनाले गत फागुनमा तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि सेयर निष्काशन गरिसकेको छ ।  




 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411