पुँजीगत लाभकर गणनामा सरकार पछि हटेपछि नेप्से परिसूचक बढ्यो

बुद्धबार, जेष्ठ २३, २०७५ साल,
काठमाडौं । पुँजीगत लाभकरको गणना विधिमा सरकार पछि हटेपछि नेप्से परिसूचक बढेको छ।

हकप्रद र बोनसमा अंकित मूल्यलाई आधार बनाएर लाभकर लिने निर्णय सरकारले स्थगित गरेपछि नेप्से आज १४ अंकले बढेको छ। १३.९१ अंकको वृद्धिसँगै परिसूचक १२८२ अंकमा कायम भएको छ।

अघिल्लो दिन बन्द भएको सेयर कारोबार आज २ घण्टा मात्रै भयो। १ बजेबाट ३ बजेसम्म भएको कारोबारमा १३८ कम्पनीको सेयर किनबेच भयो।
कारोबार अवधि कम भएकै कारण रकममा पनि कमी आएको छ। कुल २३ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भयो।

यस दिन अन्यबाहेक सबै समूहहरु बढेका छन्। नेपाल टेलिकम सूचीकृत अन्य समूह ९ अंकले घटेको छ।

बिमा १४४, माइक्रोफाइनान्स ३४, उत्पादन २२, जलविद्युत २४, विकास बैंक १६, फाइनान्स ०.१६ होटल ३० र बैंकिङ समूह ११ अंकले बढे।

इन्भेष्टमेन्ट बैंक संस्थापकतर्फको कारोबार उच्च रह्यो। सो कम्पनीको ३ करोड ९२ लाखको कारोबार भयो। मेगा बैंकको १ करोड ५५ लाखको कारोबार हुँदा कारोबार हुने अन्य कम्पनीको कारोबार रकम १ करोडमुनि रह्यो।

नागबेली लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। खानीखोला हाइड्रोपावर, आरएसडिसी लघुवित्तको मूल्य ५ प्रतिशतले बढ्यो। कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ३.२ प्रतिशतले गुमाए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411