पहिलोपटक नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) निलो

मंगलवार, जेष्ठ २२, २०७५ साल,
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक निलो देखिएको छ । मंगलबार बजार खुले पनि १ रुपैयाँको पनि कारोबार नहुँदा नेपाल स्टक एक्स्चेन्जले परिसूचक निलो रंग्याएको हो ।

अन्य समय परिसूचक बढ्दा हरियो र घट्दा रातो रंगले जनाइँदै आएको थियो । तर, मंगलबार सेयर बजारका लगानीकर्ताले कारोबार पूरै ठप्प पार्दा परिसूचकलाई निलो संकेत दिइएको हो । भूकम्पपछिको केही अवधि कारोबार बन्द भएको थियो । तर, लगानीकर्ताले कारोबार ठप्प पारी शून्य कारोबार भएको यो पहिलो घटना हो ।

आन्तरिक राजस्व विभागले हकप्रद र बोनस सेयरमा अग्रिम कर असुली गर्न दिएको निर्देशनविरुद्ध लगानीकर्ता आन्दोलित भएका छन् । यसको विरोधस्वरुप उनीहरुले मंगलबार नेप्से र सबै ब्रोकर कार्यालय धर्ना तथा घेराउ गरेका हुन् । कारोबार गर्न नगराउन सेयर बजारका तीन प्रमुख संगठनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

आन्दोलनको पहिलो दिन सोमबार कारोबार बन्द गर्ने निर्णय गरे पनि बजारमा ४३ करोडको सेयर किनबेच भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411