बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने सेवा शुरु

सोमबार, जेष्ठ २१, २०७५ साल,

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-payment प्रणालीबाट बैंक वित्तीय संस्थाका ग्राहकहरुले online माध्यम मार्पmत आफ्नो बैंक खाताबाट सिधै कुनै पनि प्रकारको भुक्तानी कारोबारहरु गर्न सक्ने प्रणाली कार्यान्वयन शुरु भएको छ ।

हाल connectIPS मा एनएमबी बैंक लि, लक्ष्मी बैंक लि, नेपाल बंगलादेश बैंक लि, एभरेष्ट बैंक लि, नेपाल बैंक लि, एनआईसी एशिया बैंक लि, मुक्तिनाथ विकास बैंक लि, ग्लोबल आईएमई बैंक लि, सांग्रिला डेभलपमेन्ट बैंक लि र गरिमा विकास बैंक लि लगायतका १० वटा बैंकहरु आवद्ध भइसकेका छन् । अन्य १० बैंक वित्तीय संस्थाहरुसँग सम्झौता भइसकेकोमा परिक्षणको क्रममा रहेका छन् ।

उक्त प्रणाली प्रयोग गर्न www.connectips.com मा आफुलाई आवद्ध register गरी username बनाउने र link गरिएको बैंक खातालाई सम्बन्धित बैंकमा एकपटक गई verify गराउनुपर्ने हुन्छ । तत् पश्चात् यस प्रणालीबाट गरिएका कारोबारहरु ग्राहकको बैंक खाताबाट सिधै भुक्तानी हुने कम्पनीले दावी गरेको छ ।

यस प्रणालीलाई राजश्व लगायतका अन्य सेवाहरु जस्तै e-commerce फण्ड ट्रान्सफर, बिल भुक्तानीहरु र विभिन्न माध्यमहरुबाट समेत गर्न सकिने गरि प्रणालीमा थप कार्य भइरहेको कम्पनीले बताएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411