सेयर बजार ३३ अंकले घट्यो, ५४ करोड रुपैयाँको सेयर किनबेच

आईतवार, जेष्ठ २०, २०७५ साल,

काठमाडौं । आइतबार सेयर बजार ३३ अंकले ओर्लिएको छ। सरकारले पुँजीगत लाभकर गणनाका लागि बोनस र हकप्रदको अंकित मूल्य नै कायम गरेर आधार मूल्य तय गर्न निर्देशन दिएपछि सेयर बजारमा उच्च अंकको गिरावट आएको हो।

पुँजीगत लाभकर बढाएको सरकारले लाभकरका लागि बढी रकम गणना गर्न मिल्नेगरी घुमाउरो रणनीति लिएको हो।

जसले गर्दा आइतबार नेप्से कुनै पनि क्षणमा हरियो हुन सकेन। ३३.७१ अंकले ओर्लिएर नेप्से १२७३ अंकमा कायम भएको छ। कारोबार रकम भने बढेको छ। १५५ कम्पनीको ५४ करोड ६६ लाखको सेयर किनबेच भयो।

उत्पादनबाहेक सबै समूह ओर्लिएका छन्। सो समूह ३५ अंकले बढ्यो।  बैंकिङ २६, होटल ६१, विकास बैंक ३०, जलविद्युत ३३, फाइनान्स ८, बिमा २९०, अन्य १७ र माइक्रोफाइनान्स समूह ५५ अंकमा ओर्लिए।

राष्ट्रिय बिमा कम्पनीको संस्थापकतर्फको कारोबार उच्च रह्यो। सो कम्पनीको ३ करोड ७६ लाखको कारोबार भयो। नेपाल बैंकको २ करोड ७४ लाख तथा राष्ट्रिय बिमा कम्पनी साधारणतर्फ सेयरको १ करोड ८९ लाखको कारोबार भयो।

युनिलिभरको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले बढेको छ। कम्पनीको मूल्य प्रतिकित्ता १०२८ रुपैयाँले बढेर २६ हजार ५ सय कायम भयो। गुमाउनेमा मेगा बैंकका लगानीकर्ता अगाडि रहे। कम्पनीको मूल्य ९.७ प्रतिशतले घटेर प्रतिकित्ता १८६ कायम भएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411