आजबाट शेयर बिक्री गर्दा कति तिर्नु पर्छ पुँजीगत लाभकर ?

आईतवार, जेष्ठ २०, २०७५ साल,
काठमाडौं। सरकारले बजेट मार्फत पूँजी बजारका सम्बन्धमा व्यक्तिगत लगानीकर्ताकालागि निर्धारण गरेको पुँजीगत लाभ कर आजैबाट लागु भएको छ।

सरकारले दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताकालागि  पुँजीगत लाभ कर साविक ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्याएको थियो। यसैलार्इ आधार मान्दै आन्तरिक राजस्व विभागले बोनस शेयर र हकप्रद शेयरको लागत मूल्य र लाभ गणना गर्दै अग्रिम कर असुल गर्न धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलार्इ पत्र काटेको हो।

आयकर ऐन २०५८ का आधारमा बोनस शेयर र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलार्इ लागत लिइ सो आधारमा लाभको गणना गर्न निर्देशन दिएको हो। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411