शुभम पावरको २ लाख कित्ता आईपिओ खुल्यो

आईतवार, जेष्ठ २०, २०७५ साल,
काठमाडौं । शुभम पावर लिमिटेडले यही जेठ २० गते आइतबारदेखि साधारण सेयर (आईपिओ) निष्कासन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीयबासिन्दाका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपिओ निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीयलाई १० प्रतिशत आईपिओ निष्कासन गरेको छ । उक्त आईपिओमा न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको आईपिओ निष्कासन छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म हुने बिक्री प्रवन्धक सीबीआईएल क्यापिटलले जनाएको छ ।




 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411