एसिया तथा एसिया प्यासिफिकका अति कम विकसित मुलुकबारे काठमाडौमा बैठक

आईतवार, मंसिर २८, २०७१ साल,
काठमाडौ, मंसिर २८ - एसिया तथा एसिया प्यासिफिकका अति कम विकसित मुलुकको स्तरउन्नती बारेमा काठमाडौंमा तीन दिने मन्त्रीस्तरीय बैठक आगामी मंगलबारदेखि आरम्भ हुने भएको छ । तीन दिनसम्म चल्ने उक्त बैठक भाग लिन विभिन्न मुलुकका उच्चअधिकारीहरु राजधानी आउन थालिसकेको परराष्ट्र मन्त्रालय उच्चअधिकारीहरुले बताएका छन् । 

यस क्षेत्रका १३ मुलुकका मन्त्री तथा उच्चअधिकारुका साथै ति मुलुकका दाता राष्ट्र तथा निकायका उच्चअधिकारी पनि आउनेछन् । दातृ निकाय, दातृ मुलुकका प्रतिनिधी, राष्ट्रसंघका उच्चअधिकारीहरु यसमा सामेल हुनेछन् । बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम रहेको छ । 

सन् २०११ मा स्तनबुलमा भएको अल्पविसित मुलुकको चौथो राष्ट्रसंघीय सम्मेलनले पारित गरेको खाका र लक्ष्यअनुरुप यस क्षेत्रमा मुलुकहरु कहाँ पुगेका छन र ती मुलुकको स्तरोउन्नती कसरी गर्ने भन्नेमा नै छलफल हुने बताइएको छ । सबै मुलुकको आफ्नो मुलुकको स्तरउन्नतीको अवस्था र लक्ष्य सम्मेलनमा पेस गर्नेछन । सोही प्रस्तुत लक्ष्यमा आधारित रहेर छलफल हुनेछ । 

बैठकमा भाग लिन अल्पविकसित मुलुक हेर्ने उपमहासचिव ज्ञानचन्द्र आचार्य तीन दिन अघि काठमाडौं आइसकेका छन् । राष्ट्रसंघमा विकास कार्यक्रम प्रमुख देखि अन्य अधिकारीहरु पनि आइसकेको मन्त्रालयका अधिकारीले बताएक छन । आचार्यले यो बीचमा राजनीतिक भेटघाट समेत गरिसकेका छन् । नेपाल सरकार र राष्ट्रसंघको आयोजनमा हुन लागेको उक्त मन्त्री स्तरीय बैठकमा यस क्षेत्रमा अतिकम विकसित मुलुकहरु नेपाल, बंगलादेश, अफगानिस्तान, भुटान,  कम्बोडिया, किरिवाटी, लावो, म्यानमार, सोलमन–आइसल्याण्ड, टिमोर–लेस्टे, टुभालु, भनौतु र यमनका मन्त्री तथा उच्चस्तरका अधिकारीहरुको उपस्थिती रहने बताइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411