बुधबार नेप्से परिसूचक ६.६२ अङ्कले बढ्यो, २१ करोड ६९ लाख रुपैयाको कारोबार

बुद्धबार, चैत्र २५, २०७१ साल,
Nepalsaockकाठमाडौं । बुधबार नेप्से परिसूचक ६.६२ अङ्कले बढेको छ । मङ्गलबार ३० दलिय मोर्चाले गरेको आमहड्तालका कारण प्रभावित भएको बजार आन्दोलन फिर्ता भएसंगै बुधबार केहि बढेको हो । अघिल्लो दिनको परिणाम स्वरुप बुधबार शेयरको खरीद चाप बढेकाले नेप्से परिसूचक पनि बढ्न पुगेको हो । 

सो दिन ट्रेडिङ्ग समूहको परिसूचक सर्वाधिक १.७२ प्रतिशतले बढेको छ । त्यस्तै, ‘अन्य’ समूहको परिसूचक १.५२ प्रतिशत, होटेलको १.३२ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.२४ प्रतिशतले बढेको छ । बैङ्किङको ०.९ प्रतिशत, जलविद्युतको ०.८२ प्रतिशत र विकास बैङ्क समूहको परिसूचक ०.७७ प्रतिशतले बढेको छ । वित्त कम्पनीको परिसूचक ०.०३ प्रतिशतले बढेको छ । वीमा समूहको परिसूचक भने ०.७ प्रतिशतले घटेको छ । 

नेप्सेमा १ हजार ३ सय ११ व्यापारबाट १ सय ३३ कम्पनीको ५ लाख ५ हजार ३ सय ९७ कित्ता शेयर खरीदविक्री भयो । जसबाट रू २१ करोड ६९ लाख रकम परिचालन भयो भने रू ९ खर्ब ६६ अर्बको कुल बजार पूँजीकरण भयो । सो दिन नेपाल लाईफ इन्स्योरेन्सको सर्वाधिक रू ४ करोड ५१ लाख बराबरको शेयर खरीदविक्री भयो ।

गौमुखि विकास बैङ्कको शेयरमूल्य ६.३२ प्रतिशतले बढ्यो । त्यसैगरी, नेको इन्स्योरेन्सको शेयरमूल्य ४.४८ प्रतिशतले घट्यो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411