महिला सहयात्राले खुद नाफा बृद्धि गरी ५८ लाख ११ हजार रुपैयाँ कमायो

सोमबार, बैशाख ३१, २०७५ साल,
काठमाडौं । चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा महिला सहयात्रा माईक्रोफाईनान्सले गत आर्थिक बर्षको तुलनामा ८३ हजार खुद नाफा बढाएर ५८ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ ।

लघुवित्तको निक्षेप संकलन र कर्जा विस्तारबाट आम्दानी बढेपनि ब्याज खर्च, कर्मचारी खर्च, अन्य सञ्चालन खर्च र खराब कर्जा नोक्सानी व्यवस्थामा रकम व्यवस्था गर्दा अपेक्षित नाफा बढ्न सकेको छैन ।

माईक्रोफाईनान्सले चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ र एक कारेड ५२ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ । लघुवित्त कम्पनीको निक्षेप संकलन १०८ र कर्जा विस्तार ६७ प्रतिशतले प्रतिशतले बढाएको छ । लघुवित्तले १२ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ७१ करोड ४३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

तेश्रो त्रैमाससम्ममा ७ करोड ६५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको माईक्रोफाईनान्सले तीन करोड ६८ लाख रुपैयाँ ब्याज खर्च गर्दा खुद ब्यज आम्दानी तीन करोड ९६ लाख रुपैयाँ गरेको छ ।

अन्य सञ्चालन खर्च ६९ लाख बढेर दुई करोड १६ लाख कर्मचारी खर्च ६० लाख बढेर एक करोड ९३ लाख खर्च कम्पनीले गरेको छ । त्यस्तै खराब कर्जा २.९४ प्रतिशत रहेपश्चात माईक्रोफाईनान्सले एक करोड ३४ लाख नोक्सानी व्यवस्थामा खर्च गरेको छ ।

कम्पनीको ४६ लाख ३७ हजार रुपैयाँ मात्र सञ्चालन मुनाफा गरेको छ । ४४ लाख ९५ हजार खराब कर्जा असुलीले कम्पनीको खुद नाफा ५८ लाख रुपैयाँ पुगेको हो ।

माईक्रोफाईनान्सको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४० पैसा, प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ र आम्दानी अनुपात १०२.४३ गुण बढी रहेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411