सिद्धार्थ बैंकको तेश्रो त्रेमासिक नाफा १ अर्ब २२ करोड रुपैयाँ

शुक्रबार, बैशाख ७, २०७५ साल,

काठमाडौं । सिद्धार्थ बैंकले तेश्रो त्रेमासिकमा ९५ करोड ८७ लाख रुपैयाँको नाफालाई बढाएर एक अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ।

बैंकले खुद ब्याज आम्दानी २ अर्ब २० करोड रुपैयाँ छ। बैंकले ९० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब ८८ करोड रुपैयाँ ऋण लगानी गरेको छ।  गत बर्ष चैतमा निक्षेप ७५ अर्ब २७ करोड र ऋण ६६ अर्ब २६ करोड रुपैयाँ थियो।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँबाट ८ अर्ब एक करोड रुपैयाँ पुर्याएको छ।  जगेडा कोषमा तीन अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ। पूँजी र जगेडा बढेसँगै बैंकको पूँजी कोष अनुपात बढेर ११।६० प्रतिशतबाट १२.३० प्रतिशत पुगेको छ। बैंकले खराव कर्जामा पनि सुधार गरि १।७१ प्रतिशतबाट घटाएर १.३१ प्रतिशतमा झारेको छ।

उच्च ब्याजदरको असर बैंकको आधार व्याज दरमा देखिएको छ। गत वर्ष ७.६७ प्रतिशत रहेको आधार दर यसपाली ११.३० प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी २० रुपैयाँ छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411