बैंकहरुको विभेदले गरिबी निवारणमा कठिनाई

शुक्रबार, चैत्र ३०, २०७४ साल,
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुको विभेदकारी नीतिले गरिबी निवारण तथा धनी र गरीबबीचको खाडल कम गर्न कठिनाइ परेको बताएको छ । बैंकहरुले केही ठूला व्यवसायीलाई मात्र बंैकिङ क्षेत्रको ठूलो हिस्सा कर्जा प्रवाह गरेकाले यस्तो अवस्था सृजना भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ ।

कर्जा प्रवाहबाट वित्तीय संस्थाहरुले मुनाफा आर्जन गर्न सफल भएपनि मुलुकको आर्थिक वृद्धिमा योगदान पुःयाउन अझै व्यवस्थित एवं सुदृढ हुन नसकेको महालेखाको ठम्याई छ ।

कर्जा प्रवाह उत्पादनशील क्षेत्रमा भन्दा पनि घर जग्गा खरिद बिक्री, हायर पर्चेज जस्ता अनुत्पादक क्षेत्रमा बढी उपयोग भएको देखिएको भन्दै महालेखालेउत्पादनशील क्षेत्र र साना तथा मझौला व्यवसायीको कर्जा प्राप्तिमा न्यून सहभागिता बढाउनुपर्ने सुझाब दिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार २०७४ आषाढ मसान्तमा बैँकिङ प्रणालीमा रहेको निक्षेप कुल गार्हस्थ्य उत्पादनको ८९।७ प्रतिशत र कर्जा प्रवाह ७३।७ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा एक तिहाई योगदान गर्ने कृषि क्षेत्रमा प्रवाह भएको कर्जा कुल कर्जा प्रवाहको ७।०८ प्रतिशत रहेको छ । कुल कर्जामध्ये उत्पादनशील क्षेत्रमा १६।६ प्रतिशत, कृषि क्षेत्रमा ७।०८ प्रतिशत लगानी भएको नेपाल राष्ट्र बैङ्कको २०७३।७४ को तथ्याङ्कबाट देखिएको छ ।

१९ प्रतिशत जनसंख्या वित्तीय पहुँचबाट बाहिर

छरिएर रहेको पूँजीलाई निक्षेपको रुपमा सङ्कलन गरी लगानीको वातावरण सिर्जना गर्दै आर्थिक वृद्धिदर बढाउँदै लैजानु जरुरी भएको छ । अझै पनि १९ प्रतिशत जनसंख्या वित्तीय पहुँचबाट बाहिर रहेका छन । जसको कारणले निक्षेप तथा कर्जा प्रवाहमा विविधीकरण हुन नसकी बचत वृद्धि दर ह्रासोन्मुख देखिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुको सेवा विस्तार र समावेशी बनाउने, वित्तीय संस्थाहरुलाई आधुनिक सूचना प्रणालीयुक्त बनाउने, कर्मचारीमा पेसागत विशेषज्ञता हासिल गराउनु पर्नेमा महालेखाले जोड दिएको छ । त्यस्तै केन्द्रीय बैङ्कको सुपरिवेक्षण र अनुगमनलाई सुदृढ बनाउँदै बचत वृद्धि एवं अनुत्पादनशील कर्जालाई नियन्त्रण गर्दै उत्पादनशील क्षेत्रमाकर्जा लगानी बढाउनुपर्ने देखिएको महालेखाको भनाई छ ।

नेपाल राष्ट् बैङ्कले वित्तीय पहुँच अभिवृद्धि गर्न उदार इजाजतपत्र प्रणाली, नियमन तथा अनुगमनमा सुधारगरी विप्रेषणबाट प्राप्त स्रोतले निक्षेप सङ्कलनमा बढोत्तरी ल्याए पनि पूर्वाधारयुक्त क्षेत्रमा लगानीको लागि साधन उपलब्ध गराउन नसकेको प्रतिवेदनमा भनिएको छ ।

कर्जा जोखिम व्यवस्थापन हुन सकेन

तरलताको कारणले ब्याजदरमा उतार चढाव भैरहेको, तरलता व्यवस्थापन गर्न पर्याप्त उपकरण नहुँदा ब्याजदरमा अस्थिरता आएको, डेबिट कार्डको तुलनामा क्रेडिट कार्डको प्रयोग हुन नसकेको, कर्जा अन्यत्र सार्ने जस्ता जोखिम व्यवस्थापन हुन नसकेको, धितो विविधीकरण हुन नसकेको जस्ता समस्या वित्तीय क्षेत्रमा रहेको महालेखाको ठहर छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुले नाफा कमाउने होडमा कमसल सम्पत्तिमा समेत लगानी गरेकाले समयमा साँवा ब्याज भुक्तानी नभै खराब कर्जा बढ्ने हुँदा यसमा पनि निगरानी बढाउनु आवश्यक छ । अर्थतन्त्रलाई मजबुत बनाउन क्रेडिट रेटिङ्ग कम्पनीको स्थापना गर्न जरुरी भएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411