३० दलिय मोर्चाको आमहडतालका कारण शेयर बजारमा प्रभाव

मंगलवार, चैत्र २४, २०७१ साल,
काठमाडौं । नेप्से परिसूचक २.५९ अङ्कले घटेको छ । बजार खुलेदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक ९ सय ३४.३५ अङ्कसम्म ओर्लिएको थियो । यो अघिल्लो दिनको बन्द विन्दुभन्दा लगभग ४ अङ्क तल हो । त्यसपछि सामान्य उतार चढाव रही बिस्तारै सुधारिएको नेप्से परिसूचक ९३५.५३ अङ्कमा पुगेर बन्द भयो । 

३० दलिय मोर्चाले आव्हान गरेको आमहडतालका कारण शेयर बजारमा पनि यसको प्रभाव देखिएको छ । अन्य दिनहरुमा १ हजारभन्दा बढी कारोबार सङ्ख्या हुने शेयर बजारमा मङ्गलवार ९१६ कारोबार मात्रै भयो । त्यसैगरी, अघिल्लो दिनको तुलनामा व्यापारमा आएका शेयर सङ्ख्या ४५.७७ र कुल कारोबार रकम २३.३२ प्रतिशतले घटेको छ । 

मङ्गलवार नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू १० ले घटेपछि ‘अन्य’ समूहको परिसूचक सबैभन्दा बढी १.६६ प्रतिशतले घटेको छ । त्यसैगरी, बीमा समूहको परिसूचक 0.६, उत्पादन तथा प्रसोधन 0.४२, विकास बैङ्क 0.२४, वित्त कम्पनी 0.१४ र बैङ्किङ 0.0५ प्रतिशतले घटेको छ । सो दिन होटेल समूहको परिसूचक 0.३८, ट्रेडिङ 0.२५ र जलविद्युत् 0.२१ प्रतिशतले बढेको छ । 

मङ्गलवार नेप्सेमा ९१६ कारोबारबाट ११९ कम्पनीको ३ लाख १२ हजार कित्ता शेयर रू १३ करोड १६ लाखमा खरीदविक्री भयो । नेपाल लाईफ इन्स्योरन्सको सर्वाधिक रू ४ करोड ५६ लाख बराबरको शेयर खरीदविक्री भयो । नेपाल लाईफले ६० प्रतिशत बोनस शेयर वितरण गर्ने समाचार बजारमा फैलिएपछि लगानीकर्ता आकर्षित भएका हुन् । मङ्गलवार गौमुखी विकास बैङ्कको शेयरमूल्य सर्वाधिक ७.९५ प्रतिशतले बढ्यो । त्यसैगरी, नेपाल कम्युनिटी डेभलपेण्ट ७.४ प्रतिशतले घटेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411