​​शेयरबजार ३९ अंकले बढ्यो

​राजनीतिक घटनाक्रममा ‘ग्रिन सिग्नल’ देखिएपछिको प्रभाव पुँजी बजारमा

आईतवार, मंसिर २८, २०७१ साल,
मंसिर २८ काठमडौं - पछिल्लो राजनीतिक घटनाक्रममा ‘ग्रिन सिग्नल’ देखिएपछि त्यसको प्रभाव पुँजी बजारमा परेको छ । आगामी माघ ८ मा संविधान जारी गर्न राजनीतिकदलहरु सकरात्मक देखिएपछि पुँजी बजारका लगानीकर्ताहरु उत्साहित भएको सेयर विश्लेषक रविन्द्र भट्टराईले बताए ।

‘अहिलेको नेप्सेको वृद्धिमा राजनीतिक कारण नै मुख्य देखिन्छ’ भट्टराईले भने (पछिल्ला केही दिनमा दलहरुले संविधान निर्माणमा ‘ग्रिन सिग्नल’ देखाएका छन ।  संविधान निर्माण भएपछि पुँजी बजार बढ्ने आसामा नेप्से बढेको हो ।

साताको पहिलो दिन आइतबार ३९।३८ अंकले बढेर नेप्से परिसूचक ९ सय १०।०१ अंकमा पुगेको छ । बिहीबार पनि एकैदिन 

पछिल्ला केही महिनामा घटबढघटबढ भएपनि नेप्से बियरिस ट्रेन्डमा थियो । सूचीकृत कम्पनीहरुकोा सन्तोषजनक वित्तीय विवरण र प्रतिफलको घोषणा हुँदा पनि लगानीकर्ताहरु खासै उत्साहित थिएनन ।

आइतबार वाणिज्य बैंक समूहको सूचक ४३।५ अंकले बढेर ८ सय ९।६५ अंकमा पुगेको छ । यो दिन यस समूहको मात्रै १६ करोड ४२ लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी होटल समूहको सूचक १४२ अंकले, विकास बैंक समूहको १८।७३ अंकले, जलविद्युतको १४४।०३ अंकले, वित्त कम्पनीको ४।९३ अंकले, बीमाको ११५।८४ अंकले, उत्पादनमूलकको ९।०८ अंकले र अन्य समूहको सूचक १४।१ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

एक्सचेञ्जका अनुसार आइतबार १ सय २४ कम्पनीका १० लाख ७१ हृजार कित्ता सेयर २८ करोड २९ लाख रुपैयाँमा किनबेच भए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411