आइएमई जनरल इन्स्योरेन्सकोे शाखा सुर्खेतमा

शुक्रबार, फागुन ४, २०७४ साल,
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले सुर्खेतमा नयाँ शाखा कार्यालयको विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे।

शाखाको उद्घाटन कार्यक्रममा राईले स्थानिय स्तरमा सेवा पुर्याउने उद्देश्यका साथ यो शाखा संचालनमा ल्याएको जनाए।

साथै स्थानिय स्तरमा रहेका बैंक, उद्योगी, व्यापारी लगायत वित्तीय संस्थाका प्रतिनिधिलाई आफ्नो व्यवसाय तथा सम्पत्तीको बीमा गराउन आग्रह गरे।

कम्पनीले देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराएको छ।

नयाँ शाखा सहित २८ शाखा, ४ उपशाखा कार्यालय तथा १० सेवा काउण्टर र प्रधान कार्यालय सहित ४२ स्थानबाट सेवा प्रदान गरिरहेको जानकारी कम्पनीको दियो ।

निकट भविष्यमा नै थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखालाई देशको विभिन्न भागमा विस्तार गर्ने योजना रहेको कम्पनिले जनाएको छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411