रातो झण्डा बोक्ने बाम गठबन्धनको सरकारलाई नेप्सेको हरियो झण्डा

बिहीवार, फागुन ३, २०७४ साल,

काठमाडौं । आज प्रधानमन्त्रीमा बाम गठबन्धनको तर्फबाट केपी शर्मा ओली नियुक्त भएको खबरसँगसँगै शेयरबजारमा हरियालीको बहार छाएको छ । शेयर बजारमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । शेयर बजार आज ३६ अंकले बढेर नेप्से परिसुचक १४२४.९५ अंकमा पुगेको छ । आज १ सय ६५ कम्पनीको १५ लाख ६ हजार ६३४ कित्ता शेयर ६६ करोड ३९ लाख ५६ हजार २४९ मा किनबेच भएको छ ।

आज कारोबार भएका सबै समुहहरुका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा बढि इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले कमाएको छन जुन २१३.९५ अंकले बढेको छ । त्यस्तै माइक्रोफाइनान्स समुहका लगानीकर्ताले ६२.९१ अंकले कमाउदा हाइड्रोपावर उपसमुहमा ४९.०४ अंकले वृद्धि भएको छ । होटल २२.९६ अंकले, बैंक ३१.३९ अंकले डेभलपमेन्ट बैंक ५५.५ अंकले बढेको छ भने व्यापार समुहका लगनिकर्ताले ५.९९अंकले कमाएका छन् । त्यस्तै फाइनान्स समहका लगानीकर्ताले १७.५५ अंकले कमाउदा अन्य समुह ७.३६ अंकले बढेको छ ।

आज कारोबार रकमका आधारमा सबैभन्दा अगाडी कुमारी बैंक रहेको छ । जसको ३ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको पनि ३ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सेयर संख्याको आधारमा पनि कुमारी बैंक नै अगाडी रहेको छ । उसको १ लाख २८ हजार ८१४ कित्ता सेयर २८० रुपैयाँमा किनबेच भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमा सबैभन्दा बढि कमाउनेमा श्री इन्भेष्टमेन्ट कम्पनीका  लगानीकर्ता रहेका छन भने जसको सेयर मुल्य ९.८२  प्रतिशतले बढेको छ । एनएमवि सुलभ इन्भेष्टमेन्ट फण्ड लगानीकर्ताले धरै गुमाएका छन् ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411