
काठमाडौं । सेयर बजार आज ८.६५ अंकले बढेर नेप्से परिसुचक १३८८.९४ अंकमा पुगेको छ । आज १ सय ५५ कम्पनीको ९ लाख ३१ हजार २१६ कित्ता शेयर ३८ करोड ६४ लाख ६ हजार २०८ मा किनबेच भएको छ ।
आज कारोबार भएका उप समुहहरुमा फाइनान्स २.७९ अंकले, उत्पादन उपसमुह ५.३५ अंकले र अन्य उपसमुह १.५४ अंकले घटेका छन् भने बाकी सबै उपसमुहका लगानीकर्ताहरुले कमाएका छन् ।
सबैभन्दा बढि इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले कमाएको छन जुन १२१.५२ अंकले बढेको छ । त्यस्तै माइक्रोफाइनान्स उपसमुहका लगानीकर्ताले २०.५५ अंकले कमाउदा हाइड्रोपावर उपसमुहमा १८.२ अंकले वृद्धि भएको छ । होटल १०.३२ अंकले, बैंक ५.६१ अंकले डेभलपमेन्ट बैंक २.७२ अंकले बढेको छ भने व्यापार उपसमुहका लगनिकर्ताले ०.२६ अंकले कमाएका छन् ।
आज कारोबार रकमका आधारमा सबैभन्दा अगाडी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी प्रमोटर रहेको छ । जसको ५ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । प्रभु बैंकको पनि ५ करोड ३१ लख रुपैयाँको सेयर किनबेच भएको छ । सेयर संख्याको आधारमा पनि प्रभु बैंक नै अगाडी रहेको छ । उसको २ लाख ३२ हजार ४९६ कित्ता सेयर २२८ रुपैयाँमा किनबेच भएको छ ।
आज कारोबार भएका कम्पनीहरुमा सबैभन्दा बढि कमाउनेमा आरएसडिसि लभुवित्तका लगानीकर्ता रहेका छन भने जसको सेयर मुल्य १० प्रतिशतले बढेको छ । कन्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले धरै गुमाएका छन् ।