नेप्से साढे ४ अंकले घट्दा १५६ कम्पनीको सेयर साढे २४ करोड रुपैयाँमा किनबेच

सोमबार, माघ २९, २०७४ साल,
काठमाडौं । सेयर बजार आज ४.४२ अंकले घटेर नेप्से परिसुचक १३८०.२९ अंकमा पुगेको छ । आज १ सय ५६ कम्पनीको ६ लाख ८४ हजार २८ कित्ता शेयर २४ करोड ६७ लाख ६ हजार ७ सय ८१ मा कारोबार भएको छ ।

आज कारोबार भएका उप समुहहरुमा व्यापार ४.७२ अंकले, डेभलपमेन्ट बैंक ६.७६ अंकले र अन्य समुह ३.९९ अंकले बढनु वाहेक सवै उप समुहमा घटेकोे छ सवैभन्दा धेरै इन्स्योरेन्स उप समुहका लगानीकर्ताले गुमाएका छन् । हाइड्रो पावर १.७४ अंकले घटेको छ । बैंकिङ ४ अंकले, होटल्स् ९.२८ अंकले, फाइनान्स २.१७ अंकले, उत्पादन १४.६३ अंकले, र माइक्रोफाइनान्स ६.७० अंकले घटेका छन ।

आज कारोबार रकमका आधारमा सबैभन्दा अगाडी सिदार्थ बैंक रहेको छ । जसको १ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयर संख्याको आधारमा पनि सिदार्थ बैंक नै अगाडी रहेको छ । उसको ८९ हजार कित्ता सेयर १९५ रुपैयाँमा किनबेच भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमा सबैभन्दा बढि कमाउनेमा साल्ट टेडिङका लगानीकर्ता रहेका छन भने दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले धरै गुमाएका छन् ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411