एनआईसी एसिया बैंकका एकै दिन नौ नयाँ शाखाहरु संचालनमा

आईतवार, माघ २८, २०७४ साल,
काठमाडौं । लुम्बिनी अञ्चलमा एनआईसी एसिया बैंकले एकै दिन नौ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ। नवलपरासी जिल्लामा चार, रुपन्देहीमा तीन र कपिलबस्तुमा दुई शाखा बैंकले संचालनमा ल्याएको हो।

नवलपरासीस्थित गैंडाकोट नगरपालिकाको अमरापुरी, प्रतापपुरको गोपीगंज, मध्यबिन्दुको अरुणखोला तथा बिनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबासमा बैंकले शाखा संचालनमा ल्याएको छ।

रुपन्देहीस्थित देवदह नगरपालिकाको शंकरपुर, सैनामैनाको मुर्गिया र तिलोत्तमाको मणिग्राममा शाखा संचालनमा आएको बैंकले जनाएको छ।

बैंकका अनुसार कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकास्थित जितपुर र बुद्धभुमीको ईमिलिया शाखा संचालनमा आएका छन्।

यीसँगै बैंकका अधिराज्यभर १७० शाखा कार्यालयहरु संचालनमा छन्। १६८ एटिएम काउन्टरबाट सेवा संचालन भइरहेको एनआइसी एसियाले जनाएको छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411