रसुवागढी र साञ्जेन हाइड्रोपावरको आईपीओ खुल्यो, कहाँबाट कति दिन पार्इन्छ आवेदन ? (आव्हान पत्र सहित)

आईतवार, माघ २८, २०७४ साल,

काठमाडौं । रसुवागढी र साञ्जेन हाइड्रोपावरले साधारण शेयर निष्कासन गरेका छन् । साञ्जेन जलविद्युत कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८७ लाख ६० हजार कित्ता र रसुवागढी हाइड्रोपावर कम्पनीले १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर निष्कासन गर्ने भएको हो ।


दुवै कम्पनीको शेयरमा फागुन ११ गतदेखि आवेन दिन सकिनेछ । २०६८ साल मंसिर २२ गतेसम्म बहाल रहेका र विवरणपत्र स्वीकृत मिति २०७४ मंसिर २६ गते सम्म थप भएका कर्मचारी, सञ्चयकोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्ला समन्वय समिति र गाउँपालिकाका कर्मचारीले शेयरमा आवेदन दिन पाउनेछन् ।

रसुवागढी हाइड्रोपावर कम्पनीद्वारा रसुवा जिल्लामा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न कम्पनीको स्वपुँजीअन्तर्गतको सर्वसाधारण समूहका शेयरधनीलाई छुट्याइएको ४९ प्रतिशतमध्ये पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह­) का कर्मचारीका लागि ३.५ प्रतिशत तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारीहरुका लागि १ प्रतिशत गरी जम्मा २४ प्रतिशत शेयर निष्काशन गरेको हो ।

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीहरुको लागि छुट्याइएको १०० रुपैयाँ अंकित दरका १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयरका लागि २०७४/११/११ देखि २०७४/११/३० सम्म आवेदन दिन सक्ने छन् । कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह­) का कर्मचारीहरुको लागि छुट्याइएको १०० रुपैयाँ अंकित दरका २३ लाख ९४ हजार ७३५ कित्ता शेयर तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष) का कर्मचारीहरुका लागि छुट्याइएको १०० रुपैयाँ अंकित दरका ६ लाख ८४ हजार २१० कित्ता शेयरका लागि २०७४/१२/५ देखि २०७४/१२/१३ सम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम् ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । कोषका कर्मचारीले न्युनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम् २५०० कित्तासम्म शेयरमा आवेदन दिन सक्ने छन् ।

उपरोक्त बमोजिमको शेयर निष्काशन तथा बिक्री वितरणका लागि हाल धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रिकृत विद्युतीय सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७४ लागू भइसकेको र उक्त निर्देशिका व्यवस्था बमोजिम सीआस्बामार्फत आवेदन संकलन गर्नुपर्ने अनिवार्य व्यवस्था रहेकाले उक्त कार्यका लागि तोकिएका योग्य आवेदकहरुले मात्र आवेदन दिन सकुन भन्ने अभिप्रायले निज आवेदकहरुको विवरण संकलन गरी सीडीएस गर्ने व्यवस्था मिलाइएको कमपनीले जनाएको छ । यसका लागि आवेदकहरुले देशभरी रहेका सी आस्बा सेवा प्रदान गर्ने बंैक तथा वित्तीय संस्थामा आफ्नो कर्मचारी परिचयपत्र तथा सञ्चयकर्ताको हकमा सञ्चयकर्ता परिचयपत्र पेश गरी आवेदन दिनुपर्नेछ । साथै आवेदकको डिम्याट खाता पनि अनिवार्य रहेको छ ।

त्यस्तै कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता शेयर र अन्तिम चरणमा सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत अर्थात १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयर निश्कासन गर्नेछ ।

त्यस्तै सान्जेन जलविद्युत कम्पनले पनि सर्वसाधारण शेयरधनी समूहतर्फको शेयर निश्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका तत्कालिन जिविस र गाविसहरु­) का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष)का कर्मचारीहरुका लागि छुट्टयाइएको शेयर निश्कासन गर्न लागेको छ । उनीहरुका लागि क्रमश १९.५, ३.५ र १ प्रतिशत शेयर छुट्याइएको छ । कम्पनीले ४९ प्रतिशत साधारण शेयरमध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई छुट्याइएको २४ प्रतिशत अर्थात ८७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर पहिलो चरणमा निश्कासन गर्न लागिएको हो । दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याएको १० प्रतिशत शेयर र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत शेयर निश्कासन गरिने छ । कम्पनीको प्रति शेयर मूल्य १०० रुपैयाँ रहने छ ।

कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेमा बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले शेयरमा आवेदन दिन सक्ने छन् ।

सञ्चयकर्ताहरुका लागि छुट्याएको ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको शेयरका लागि सञ्चयकर्ताले ११–३० फागुन, २०७४ सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु कर्मचारीहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर छुट्याइएको छ । र संस्थापक संस्थाका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसैगरी कर्मचारी सञ्चय कोषका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्ता सम्म शेयरमा आवेदन दिन सक्ने छन् । उनीहरुका लागि ३ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीहरुले ५–१३ चैत, २०७४ सम्म आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा अनिवार्यरुपमा डिम्याट खाता नम्बर उल्लेख गर्नु पर्ने र सी—आश्वा प्रणाली मार्फत आवेदन गर्नु पर्ने व्यवस्था गरिएको छ । धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकको काम नागरिक लगानी कोषले गर्ने छ ।


हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411