उन्नतिको आईपिओ बाँडफाँड, दुई हजार ४६७ आवेदन रद्ध

शुक्रबार, माघ २६, २०७४ साल,
काठमाडौं । उन्नति माइक्रोफाइनान्सले पुस २१ गतेदेखि २५ गतेसम्म खुला गरेको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा शुक्रबार विहान आइपिओ बाँडफाँड गरिएको हो ।

लघुवित्तको साधारण सेयर माग गरेका कुल दुई लाख ४६ हजार ८९४ जनामध्ये दुई हजार ४६७ आवेदन रद्ध भएको छ ।

बाँडफाँड प्रकृयामा दुई लाख ४४ हजार ४२७ जनालाई सहभागि गराइएको थियो । यी मध्ये १५ हजार १५ जना सर्वसाधारणलार्इ गोलाप्रथाबाट १० कित्ताका दरले एक लाख ५० हजार १५० कित्ता सेयर बाँडफाँड गरिएको छ।

लघुवित्तको सेयरमा ५२.३८ गुणा बढी रकमको आवेदन परेकाले योग्य आवेदकमध्ये दुई लाख २९ हजार ४१२ जनाले सेयर प्राप्त गर्न सकेनन् । त्यस्तै आवेदन प्रकृयामा भएको त्रुटीका कारण दुई हजार ४६७ लगानीकर्तालाई बाँडफाँड प्रकृयामा सहभागि गराउन नसकिएको क्यापिटलले जनाएको छ ।

उन्नतिले निष्काशन गरेको कुल एक लाख ६५ हजार कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात ६६०० कित्ता सेयर कर्मचारी र पाँच प्रतिशत अर्थात ८२५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।

तीन करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको उन्नति माइक्रोफाइनान्सको आइपीओपछि चुक्तापुँजी ५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411