आईएमई पेको ‘बी टु बी’ सेवा सुरु

बुद्धबार, माघ २४, २०७४ साल,

काठमाण्डौँ । आईएमई पेले ‘बीटुबी’ सेवाको सुरुवात गरेको छ। आईएमई पेले विभिन्न किसिमका भुक्तानी गर्न मोबाइल वित्तीय सेवा प्रदान गर्दै आएको छ। ‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारालाई प्रवद्र्धन गर्दै बीटुबी सेवालाई सुरु गरिएको कम्पनीले जनाएको छ।

अब आईएमई पे टच पोइन्टको सञ्जालबाट थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरू उपलव्ध हुने बताइएको छ।

आईएमई पे का टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इन र आउटजस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन्।

आईएमई पे को टच पोइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टल मार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत् पनि यस्ता सेवाहरू प्रदान गर्न सक्दछन्। जीटुपी, पीटुजी र पीटुपीसम्बन्धी भुक्तानीका लागि पनि आईएमई पे सक्षम रहेको कम्पनीले जनाएको छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411