आईएलएफसिओको आईपिओमा ६२ गुणा बढी आवेदन

आईतवार, चैत्र २२, २०७१ साल,
काठमाडौं । आईएलएफसिओ माइक्रो फाइनान्स वित्तीय संस्थाको प्राथमिक शेयरमा करीब ६२ गुणा भन्दा बढी आवेदन परेको छ । रू ३ करोड ८० लाख बराबरको शेयर जारी गरेकोमा रू २ अर्ब ३८ करोड बराबरको आवेदन परेको संस्थाले बताएको छ । संस्थाले रू ३ अर्ब बराबरको आवेदन पर्न सक्ने अनुमान गरेको थियो । 

संस्थाले गत चैत्र १७ गते देखि २० गतेसम्म आवेदन खुल्ला गरेको थियो ।  कम्पनीले निष्काशन गरेको साधारण शेयरमध्ये सामुहिक लगानी कोषमा लागि २० हजार र कर्मचारीका लागि ८ हजार कित्ता छुट्टाएको थियो ।

बाँकी रहेको ३ लाख ८० हजार कित्ताका लागि सर्वसाधारणले जारी गरिएको थियो । प्रति कित्ता रू १ सयका दरले न्यूनत्तम २० कित्ता देखि अधिकत्तम १ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त गरेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411