१ करोड ७६ लाख कित्ता एफपिओ जारी गर्दै नेपाल बैंक

बुद्धबार, माघ २४, २०७४ साल,

काठमाडौं । नेपाल बैंकले पौने दुई करोड बढी कित्ता एफपिओ जारी गर्ने भएको छ।

यसअघि बसेको संचालक समितिको बैठकले चुक्ता पुँजी वृद्धि गर्नका लागि १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने निर्णय गरेको हो। यद्यपी बैंकको चुक्ता पुँजी राष्ट्र बैंकले तोकेको सीमाभित्रै अर्थात ८ अर्ब नाघिसकेको छ।

प्रिमियम रकम कति थप्ने भन्ने विषयमा भने निक्र्योल भइसकेको छैन। बैंकले कुल १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ चुक्ता पुँजी एफपिओबाट थप्ने योजना बनाएको छ।

संचालक समितिले गरेको एफपिओ प्रस्तावलाई आगामी साधारणसभामा लगिने बैंकले जनाएको छ।

नेपाल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६३ करोड खुद नाफा कमाएको छ।









 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411