अमेरिकी अर्थतन्त्रमा भूकम्प, स्टक मार्केट एकैदिन १ हजार १७५ प्वाइन्ट घट्यो

मंगलवार, माघ २३, २०७४ साल,
काठमाडौं । गएराति अमेरिकी अर्थतन्त्रमा निकै ठूलो भूकम्प गएको छ । सन् २००८ को आर्थिक संकटपछि अमेरिकी स्टक मार्केट निकै तल गएको छ ।

अमेरिकाको मुख्य उद्योगको सेयर राखेर तयार गरिएको र अमेरिकी अर्थतन्त्रलाई एक नजरमा बयान गर्न प्रयोग हुने डाउजोन्स औद्योगिक इन्डेक्स गएको रात एकैदिनमा ४.६ प्रतिशतले घटेर एक हजार १७५ प्वाइन्टले तल ओर्लेको बीबीसी सीएनएन आदी समाचार संस्थाले जनाएका छन् । अमेरिकाका सम्पूर्ण संचारमाध्यम यसरी अर्थतन्त्रको सूचक अचानक तल गएकोमा आश्चर्यमा परेका छन् ।

सन् २००८ मा एकैदिन यो इन्डेक्स ७७७.६८ प्रतिशत तल झरेको थियो । त्यसैले यो अहिलेसम्मकै सबैभन्दा ठूलो खसाई हो भनिएको छ  ।
 
अमेरिकी बजारको यो डरलाग्दो ओरालोलाई अमेरिकी लगानीकर्ताले निकै सजग भएर हेरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिले २४ हजार ३४५ प्वाइन्टमा पुगेको डाउजोन्स इन्डेक्स कुनै खास आर्थिक कारणले नभएकोले यसको ठूलो असर पर्दैन भनेर अमेरिकी सरकारलाई समर्थन गर्ने फक्स च्यानलले दाबी गरेको छ ।

अमेरिकी चुनावको नतिजापछि लगातार अघि बढिरहेको कारणले पनि बजार कोर्स करेक्सनका लागि अचानक तल गएको भनेर पनि केही सरकार समर्थकले भनिरहेका छन् ।
 
न्युयोर्क टाइम्समा पउल क्रुगम्यान लेख्छन्, स्टक मार्केटको यो ओरालोलाई हामीले अर्थतन्त्रलाई सशक्त ढंगले पुनरावलोकन गर्नुपर्ने देखाउँछ । उनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अनुयायीले दाबी गरेको भन्दा अमेरिकी अर्थतन्त्र निकै मन्द गतिले अघि बढ्ने संभावना देखिएको छ ।
 
डाउ बाहेक नासडाक पनि ४ प्रतिशतले तथा एस एण्ड पी  इन्डेक्स पनि ४ प्रतिशतले खसेका छन् ।

अमेरिकी बजार ओर्लेका कारण जापानको निक्केई इन्डेक्स पनि मंगलबारको बजार खुल्दा ओरालो लाग्न शुरु गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411